प्रचण्डको निर्वाचन क्षेत्र माडीमा मेयर–उपमेयर दुवै एमालेले जित्यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवनको माडी नगरपालिकामा नेकपा एमालेले मेयर–उपमेयर दुवैमा बाजी मारेको छ ।
एमालेले माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनलाई पराजित गर्दै दुवै पद जितेको हो ।
मेयरमा एमालेका कृष्णकुमार तामाङ ६ हजार ७५७ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा पनि एमालेकी एलिना श्रेष्ठले ६ हजार ३०५ मतसहित निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रमा लाखमान तामाङलाई पराजित गरेकी हुन् । तामाङले ५ हजार ४३० मत मा ल्याए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया