पोखराको मतगणनास्थलमा एमालेको नाराबाजी
काठमाडौं । पोखरा महानगरपालिकाको मतणणनास्तथलमा विवाद भएको छ । वडा नम्बर ७ को मतगणनास्थलमा विवाद भएको हो । मत गणनामा आफ्नाभन्दा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै एमालेले नाराबाजी गरिरहेको छ ।
गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाएको छ । यसैको विरोधमा एमालेका प्रतिनिधिह’ले नाराबाजी गरिरहेका छन् ।
पोखरामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले एमालेका कृष्ण थापाविरुद्ध फराकिलो अग्रता बनाएका छन् ।
यसर्थ, एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको गठबन्धनका प्रतिनिधिले आरोप लगाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया