नेपालले दियो युगाण्डालाई ९८ रनको लक्ष्य
काठमाडौं । चौंथो महिला टि–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पाहुना टोली युगाण्डालाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो ।
पानी परेर मैदान ओसिलोकाले खेल ढिलागरी सुरु भएको थियो । त्यसमा पनि खेल १८ ओभरमा घटाइएको थियो । तर, १८ ओभर सकिन १ बल बाँकी छँदा नेपाल अलआउट हुन पुग्यो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् । यस्तै, विन्दू रावलले १६, सीता राना मगरले ११, कविता कुँवर, डोली भट्ट र अश्मिना कर्माचार्यले ६–६, अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री तथा इन्दु वर्माले समान १÷१ रनमा बनाए । कविता अविजित रहिन् ।
५ खेलको सिरिज युगाण्डाले ३–० ले जितिसकेको छ ।
बिहीबार नेपाललाई ६ विकेटले हराएर युगान्डाले सिरिज दुई खेल अगावै जितेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया