वडा नम्बर ११ को प्रारम्भिक नतिजामा सिर्जना अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाकोे वडा नम्बर ११ को मतगणना सुरु भएको छ । त्रिपुरेश्वर आसपासको क्षेत्र रहेको यस ठाउँमा नेवार समूदायको बाहुल्यता छ ।
यहाँको प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना सिंह श्रेष्ठ अगाडि देखिएकी छिन् ।
हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जनाले ४३ मत ल्याएकी छिन् भने दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह छन् । उनले २२ मत ल्याएका छन् ।
यस्तै, एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ ।
काठमाडौंको मेयरका बालेन दोस्रो स्थानका स्थापितभन्दा १५४३५ मतले अघि छन् । सिर्जना पनि स्थापितभन्दा थोरै मतले पछि छिन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया