इटहरी उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर एमालेको पोल्टामा
काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेको पल्लाभारी भएको छ ।
मेयरमा नेकपा एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले ३३०४९ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार २८०३१ मतमा रोकिए ।
राप्रपाका आकाश हाङ्ग लिम्बू ३९०८ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।
उपमेयरमा भने एमालेको पोल्टामा परेको छ । एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै एमालेकी संगीताकुमारी चौधरीले जित हासिल गरेकी हुन् ।
चौधरीले ३२४३६ मत ल्याउँदा विष्ट १८०३१ मतमा सीमित भइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया