क्यानले क्रिकेट खेलाडीको पारिश्रमिक बढायो
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी-ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने छ टोलीको नाम क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।
उनका अनुसार टी-ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न रहेका छन् ।
बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै संघको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ ।
त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ ।
बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।
राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको छ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको पाँच हजारका दरले बढाएको छ ।
यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक पाँच हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक छ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया