लिभरपुललाई पाखा लगाउँदै रियलले जित्यो च्याम्पियन्स लिगकाे उपाधि
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबल २०२१-२२ को उपाधि जितेको छ ।
इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।
खेलको ५९ औं मिनेटमा उरुग्वेयन मिडफिल्डर फेडेरिको भाल्भर्डेको पासमा ब्राजिलियन खेलाडी भिनिसियसले गोल गरेका हुन् ।
लिभरपुलले भने गोलका केही राम्रा अवसर गुमाएको थियो ।
यससँगै रियलले कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । लिभरपुल ६ पटकको विजेता हो ।
ताजा अपडेट
-
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने
-
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
-
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
-
कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग
-
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
प्रतिक्रिया