चुनाव नजिकिँदै लाग्दा गगनले भेटे एन्फा अध्यक्ष
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव नजिकिँदै गर्दा कांग्रेस महामन्त्री गगन थापाले अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेटेका छन् ।
महामन्त्री थापाले एन्फा अध्यक्ष शेर्पासँग फुटबललाई चलायमान बनाउने विषयमा छलफल भएको बताएका छन् ।
‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग नेपालमा फुटबलको विकासका सन्दर्भमा छलफल भयो । कोभिड महामारीमा पनि नेपाली फुटबललाई चलायमान बनाउन गरेको प्रयास र अप्ठ्यारोबारे बुझ्ने मौका मिल्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय पहिचान र सद्भावलाई समेट्ने महत्वपूर्ण खेलमा राज्यको ध्यान र लगानी बढाउन मेरो पहकदमी रहनेछ र यस विषयमा हामी सँगै काम गर्ने छौं ।’
कांग्रेसनिकट शेर्पालाई महामन्त्री थापाले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
योपटक वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ मैदानमा छन् ।
आगामी असार ६ मा चार वर्षे कार्यकालका लागि निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया