आफ्ना जर्सी सगरमाथाको चुचुराेमा पुर्याउनेलाई दिए पारस र ज्ञानेन्द्रले धन्यवाद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले आफ्नो जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएकोमा आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पालाई धन्यवाद दिएका छन् ।
पूर्वकप्तानद्वयले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै यस सम्मानले आफूहरू कृतज्ञ रहेको बताएका छन् ।
आरोहीद्वय शेर्पाले पारस र ज्ञानेन्द्रलाई भेटेर जर्सी सगरमाथाको चुचुरोमा पुर्याउँदाको तस्बिरसमेत दिएका थिए ।
पूर्वकप्तानद्वयले ती तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
नेपाली क्रिकेटमा पुर्राएको योगदानको कदर गर्दै आरोहीद्वयले पारस र ज्ञानेन्द्रको जर्सी हालैमात्र सगरमाथामा पुर्राएका हुन् ।
नेपाली क्रिकेटकै सफल रहेका पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
ज्ञानेन्द्र भने पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन् ।
यी दुई नेपाली खेलाडी जो नेपालविरुद्ध खेल्न बाध्य हुँदैछन् – NepalWatch
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया