युद्धग्रस्त युक्रेन विश्वकप फुटबल छनोटको प्ले अफ फाइनलमा
काठमाडौं । युक्रेन विश्वकप फुटबल छनोटको प्ले अफ फाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरमा हराउँदै युक्रेनले सुविधाजनक जित निकालेको हो ।
युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेम्चुक र आर्टिम डोभयकले १÷१ गोलको योगदान गरे ।
स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
यसअघि नै हुनुपर्ने यो खेल रुस–युक्रेन युद्धका कारण प्रभावित हुन पुगेको थियो ।
प्ले अफ फाइनलमा अब युक्रेनले वेल्ससँग खेल्नेछ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया