लण्डनमा अर्जेन्टिना र इटालीबीचको खेल चलिरहँदा बालेन र हर्कको तस्बिर प्रदर्शन
काठमाडौं । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबल प्रतियोगिताको च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै ‘ग्राण्ड फाइनल’को उपाधि जित्यो ।
सो खेल दौरान खिचिएको एउटा तस्बिरले अहिले सबै नेपालीको मत खिचेको छ । अर्जेन्टिना र इटालीबीचको खेल हेर्न बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा पुगेका एक नेपाली युवाको तस्बिरले सबैको मन खिचेको हो ।
नेपालको राष्ट्रिय झण्डा बोकेका ती युवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङअंकित तस्बिर प्रदर्शन गरेका छन् । त्यसमा उनले जय नेपाल पनि लेखेका छन् ।
ती युवा पूरा परिचय भने खुलेको छैन । उनी बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी भएको अनुमान गरिएको छ ।
अर्जेन्टिना ३२ खेलसम्म अपराजित, कुन थियो पराजित भएको अन्तिम खेल ? – NepalWatch
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया