दक्षिण कोरियाको पोस्टमा ब्राजिलका झण्डै आधा दर्जन गोल

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरियाको पोस्टमा ब्राजिलले झण्डै आधा दर्जन गोल हानेको छ ।
केहीबरअघि सम्पन्न खेलमा घरेलु टोली दक्षिण कोरियालाई ब्राजिलले ५–१ गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा नेयमारले दुई तथा रिचार्लिसन, फिलिप काउटिन्हो र गाब्रियल जेससले एक–एक गोल गरे । नेइमारले दुवै गोल पेनाल्टीमा गरेका हुन् ।
ब्राजिलले एक गोलको अग्रता लिएको अवस्थामा ह्वाङ वि जोले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए । तर, पछि ब्राजिलले चार गोल गर्दै सहज जित निकालेको हो ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको दक्षिण अमेरिकी टोली ब्राजिल विश्वकप तयारीका लागि अहिले एसिया भ्रमणमा छ। अब उसले जापानसँग अर्को खेल खेल्दैछ ।
लण्डनमा अर्जेन्टिना र इटालीबीचको खेल चलिरहँदा बालेन र हर्कको तस्बिर प्रदर्शन – NepalWatch
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया