स्पेन घरेलु मैदानमा पोर्चुगलसँग बराबरीमा रोकियो
काठमाडौं । स्पेन घरेलु मैदानमा छिमेकी पोर्चुगलसँग बराबरीमा रोकिएको छ ।
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति सेभिल्लामा भएको खेलमा अल्भारो मोराले गोल गर्दै २५ औँ मिनेटमा स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै तर्फबाट कुनै गोल भएन ।
एक गोलले पछि परेपछि पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोसले दोस्रो हाफमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानमा छिराएका थिए ।
तर, बराबरी गोल फर्काउन पोर्चुगललाई अन्तिमसम्म कुर्नुपर्यो । प्रतिस्थापन खेलाडी रिकार्डो होर्टाले ८२ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।
यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन् । गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।
यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्विट्जरल्यान्ड पुछारमा छ ।
दक्षिण कोरियाको पोस्टमा ब्राजिलका झण्डै आधा दर्जन गोल – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया