गाभीले तोडे फातीको कीर्तिमान

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर जाभीले सोही क्लबका फरवार्ड अंशु फातीको अन्तर्राष्ट्रिय कीर्तिमान तोडेका छन् ।
नेसन्स लिग फुटबलअन्र्तगत गएराति चेक रिपब्लिकविरुद्ध गोल गर्दै गाभीले फातीले बनाएको कीर्तिमान भंग गरेका हुन् ।
गाभीले १७ वर्ष ३०४ दिनको उमेरमा गोल गर्दै स्पेनको सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका हुन् ।
यो कीर्तिमान यसअघि फातीको नाममा थियो । उनले १७ वर्ष ३११ दिनमा गोल गरेर यसअघिको कीर्तिमान तोडेका थिए । उनले सन् २०२० मा युक्रेनविरुद्ध गोल गरेका थिए ।
यसै कीर्तिमान अहिले गाभीले तोडेका हुन् ।
गएराति भएको खेलमा स्पेनले चेक रिपब्लिकसँग २–२ गोलको बराबरी खेलेको थियो ।
खेलको चौंथो मिनेटमा ज्यकुब पेसेकले गोल गर्दै चेक रिपब्लिकलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा गाभीले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा जान कुच्टाले गोल गर्दै चेकलाई २–१ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै स्पेनलाई २–२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह २ को स्पेनले २ खेलमा २ अंक जोडेको छ ।
स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको हो ।
स्पेन समूहको तेस्रो स्थानमा रहेको छ ।
चेक २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोर्चुगल पहिलो स्थानमा छ भने स्विट्जरल्याण्ड अन्तिममा छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया