विश्वकप छनोटको महत्वपूर्ण खेलमा ओमानसँग भिड्दै नेपाल
काठमाडौं । आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा नेपालले आज ओमानको सामना गर्दैछ ।
अमेरिकामा नेपाली समय अनुसार आज राति सवा ९ बजेपछि नेपाल ओमानसँग भिड्न लागेको हो । एक दिवसीय क्रिकेट विश्वकपको छनोटसमेत रहेको त्रिदेशीय यो सिरिज नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ ।
किनकी ३३ खेलबाट ४० अंक बनाएको ओमानविरुद्ध नेपाल खेल्न लागेको हो । नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । नेपाल सात देशमध्ये छैटौं स्थानमा छ । यसैले पनि यो खेल नेपालका लागि निक्कै महत्वपूर्ण हुनेछ ।
विश्वकपमा छनोट हुन मात्रै होइन एकदिवसीय मान्यता जोगाइराख्न पनि नेपाल कम्तिमा शीर्ष पाँच भित्र पर्नैपर्छ । विश्वकपमा छानिन भने शीर्ष तीनमा पर्नुपर्ने हुन्छ ।
गएराति नै अमेरिकाले ओमानलाई सहजै हराएको थियो । पहिले ब्याटिङ गर्दै अमेरिकाले ओमानलाई ३२४ रनको लक्ष्य दिएको थियो । तर ओमान ४३.३ ओभरमा २०९ रनमा समेटियो ।
यसपटक नेपाली ओपनर कुशल भुर्तेल र आशिफ शेख घाइते भएका छन् । यसैले नेपाललाई निक्कै दबाब छ ।
सुवास खकुरेल र सुनिल धमलाले ओपनिङ गर्ने सम्भावना बढी छ । ओपनर घाइते भएपछि नेपाली टिमका लागि खकुरेल अमेरिका बोलाइएका थिए । लामो समयपछि खकुरेलले टिममा स्थान बनाएका हुन् ।
तर कप्तान सन्दीप लामिछानेबाहेक सबै खेलाडीले ब्याटिङ पनि जमेर गर्न सक्नेछन् । यसको फाइदा नेपालले उठाउन सक्नेछ ।
ओमानविरुद्धका पछिल्ला चारमध्ये नेपालले तीन खेलमा पराजय भोग्दा एक खेलमात्रै जितेको छ ।
नेपालले २८ जेठमा अमेरिका, ३१ जेठमा ओमान र १ असारमा अमेरिकासँग खेल्नेछ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया