एसीसी च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको प्रतियाेगितामा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै भुटानलाई ९५ रनको लक्ष्य दिएको थियो । तर भुटानी टोली १७.५ ओभरमा ४४ रनमै समेटियो ।
भुटानलाई सस्तैमा समेट्न सवनम राईले चार, कविता कुवँर र सीता रानामगरले दुईदुई विकेट लिए ।
भुटानलाई ९५ रनको लक्ष्य दिंदा काजल श्रेष्ठले २६, रविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानका लागि छिरिङ जाङमोले सर्वाधिक १६ रन बनाइन् । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानका लागि सोनमले ४ विकेट लिइन् ।
च्याम्पियनसीपको ग्रुप बीमा नेपालसहित भुटान, कुवेत, हङकङ र बहराइन छन् । समूह ए मा मलेसिया, सिंगापुर, युएई, कतार र ओमान छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया