हङकङसँग नेपाल पराजित
काठमाडौं । एसिसी महिला टि–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ११० रनको झिनो लक्ष्य हङकङले १५.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।
नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यद्यपि, आजको हारले नेपाल समूह विजेता हुनबाट भने बञ्चित भएको छ ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया