टेभेज बने मेसीको गृहनगरको क्लबको मुख्य प्रशिक्षक
काठमाडौं । कार्लोस टेभेज अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वसहकर्मी तथा वर्तमान कप्तान लियोनल मेसीको गृहनगर रोसारियोको एउटा क्लबको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अर्जेन्टिनाका पूर्वस्ट्राइकर टेभेज मेसी जन्मिएको रोसारियोको क्लब रोसारियो सेन्ट्रलको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
रोसारियो सेन्ट्रल अर्जेन्टिनाको शीर्ष डिभिजन क्लब हो । ३८ वर्षीय टेभेजले सो क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
टेभेजले गत महिनामात्रै खेलाडीको रुपमा सन्यास लिएका थिए ।

पछिल्लो सिजन टेभेजले अर्जेन्टिनाको राजधानी ब्युनर्स आइरिसको क्लब बोका जुनियर्सबाट खेलेका थिए । उनी यसै सहरमा जन्मिएका थिए ।
टेभेजले फुटबल खेल जीवनमा ७ सय ४६ खेल खेल्दै ३०८ गोल गरेका थिए ।
अर्जेन्टिनाका लागि भने टेभेजले ७६ खेलमा १३ गोल गरे । टेभेज मेसीले १० वर्षभन्दा बढी समय राष्ट्रिय टोलीका लागि सँगै खेलेका थिए ।
टेभेजले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, वेस्ट ह्यामबाट पनि खेले ।
यस्तै उनले युभेन्ट्ससँगै चिनियाँ क्लबबाट समेत खेलेका थिए ।
रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया