नेपाललाई जित्दै नजिती युएई फाइनलमा
काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसीपको फाइनल प्रवेशका लागि भएको नेपालविरुद्धको खेल नजितीकन पनि युएई फाइनलमा प्रवेश गरेको छ ।
नेपालले युएईविरुद्ध जितका लागि युएईले ८२ रनको लक्ष्य दिएको थियो । १९.५ ओभरमा १० विकेट गुमाएर युएईले ८१ रन बनाएपछि नेपालले ८२ रनको लक्ष्य पाएको थियो ।
तर नेपालले लक्ष्य पछ्याउनुपर्ने खेल वर्षाले बिथोलिएपछि खेल पूरा नभई युएई फाइनलमा पुग्दा नेपाली टोली भने दुर्भाग्यपूर्ण रुपमा बाहिरियो ।
वर्षाको कारण स्थगित भएको मैदानमा आजै दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया भिड्दैछन् । साथै शनिबार नै फाइनल हुने भएकोले अर्को दिन खेलाउन नमिल्ने भएकैले नेपाल खेल्दै नेखेली आउट हुन पुग्यो ।
वर्षाले खेल रोकेपछि युएईलाई समूह एको विजेताको रुपमा फाइनलमा प्रवेश गराइएको हो । नेपाल भने समूह बीको उपविजेता टोली हो ।
अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् ।
इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिएर युएईलाई कम योगफलमा रोकेका थिए । तर मलेसियामा जारी प्रतियोगितालाई वर्षाले विथोलिदिंदा नेपाल दुर्भाग्यपूर्णरुपमा बाहिरिन पुग्यो । नेपाल याेपटक उपाधि जित्ने अभियानसहित मलेसिया पुगेकाे थियाे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया