NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

२७ करोड पर्ने रोनाल्डोको कार दुर्घटनामा

पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो महँगा कार संकलन गर्न खुबै मन पराउँछन् । रोनाल्डोसँग विश्वकै महँगा कारहरू छन् । यस्तै, करोडौँ मूल्य पर्ने कार दुर्घटनामा पर्दा त्यसका मालिकको अवस्था कस्तो होला ? सम्भवतः ती कार मालिकको होस् नै उड्नेछ । यसै साता रोनाल्डोले यस्तै सामना गरे ।

लगभग २७ करोड रुपैयाँ पर्ने रोनाल्डोको बुगाटी वेराना स्पेनिस सहर मार्लोकामा दुर्घटनाग्रस्त भयो । कार रोनाल्डोका निजी ड्राइभरले चलाएका थिए । तीव्र गतिमा हुइँकिएर आएको बुगाटी बेरोना एक घरको पर्खालमा ठोक्कियो । स्पेनिस मिडियाहरूले कारले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको जनाएका छन् ।

घरको मुख्य ढोकाअगाडि कार ठोकिएको एजेन्सीले उल्लेख गरेका छन् । कारको अगाडिको भाग पूरै ध्वस्त भएको छ । भाग्यवश कारचालकलाई केही भएन । विश्व खेलकुदमा रोनाल्डोलाई कार सौखिन भन्ने गरिन्छ ।

एक अर्ब २६ करोड रुपैयाँ मुख्य भएको बुगाटी कम्पनीकै एक कार रोनाल्डोसँग छ । यो कार विश्वका केही व्यक्तिसँग मात्र छन् । सन् २०२२ मा उनले यो कार किनेका थिए । यसको उच्चतम स्पिड भनेको प्रतिघन्टा दुई सय ३६ किमि रहेको छ । केवल २.४ सेकेन्डभित्र नै बुगाटी कारले ० देखि ६२ किमि स्पिड लिन्छ । रोनाल्डोले कुनै नयाँ कार किन्दा तत्कालै सामाजिक सञ्जालमा पोस्ट गर्छन् । नयाँ पत्रिकाबाट