राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

काठमाडौं । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो ।
प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो ।
प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया