सेरेना विलियम्स विम्बल्डनको पहिलो चरणमै पराजित
काठमाडौं । सेरेना विलियम्सको जितसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमै फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी छन् ।
महान अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स गत वर्ष एक खेलमा घाइते भएपछि उनी खेलमा एक वर्षपछि फर्किएको हुन् ।
झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७-५, १-६, ७-६ ले हार बेहोरिन् । फ्रान्सेली खेलाडी हार्मोनी टान पहिलोपटक विम्बल्डनमा खेल्दैछिन् ।
४० वर्षकी सेरेना विलियम्सलाई पत्रकारहरुले यो उनको सबैभन्दा अन्तिम विम्बल्डन हो भनेर प्रश्न गरेका थिए, यसमा उनले यसबारे आफूलाई केही थाहा नभएको बताइन् ।
सेरेना विलियम्सले सातपटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि उनले खेल खेलेकी थिइनन् । तर यस वर्ष हुने युएस ओपनको उपाधि भने खेल्ने बताएकी छन् ।
“She’s beaten a legend.”
After three hours, 10 minutes, Harmony Tan beats Serena Williams in a first round epic#Wimbledon | #CentreCourt100 pic.twitter.com/IQst8AzXxv
— Wimbledon (@Wimbledon) June 28, 2022
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया