डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलरकै १२६.६६ रूपैयाँ
काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी एक डलरको भाउ खरिददर १२६ रूपैयाँ ६ पैसा र बिक्रीदर १२६ रूपैयाँ ६६ पैसा कायम भएको छ ।
बिहीबारर अमेरिकी एक डलरको डलरको भाउ खरिददर १२६ रुपैयाँ ५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो। त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ घटेको छ । बिहीबार अस्ट्रेलियन डलरको भाउ खरिदर ८६ रुपैयाँ ७१ पैसा कायम भएकोमा शुक्रबार ८६ रूपैयाँ ७० पैसा रहेको छ । यसको बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेकोमा आज पनि सोही मूल्य कायम छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम छ । त्यस्तै हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ८ पैसा पुगेको छ ।
यसको बिक्रीदर १६ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९० रुपैयाँ ०८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ २९ पैसा पुगेको कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया