NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १४ गते

सुनको मूल्य तोलामा २ हजार बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको थियो ।

यससँगै नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष