विश्वकप लिग २ अघि नेपाल र क्यानडा भिड्दै
काठमाडौं । नेपालले आज क्यानडासँग एकदिवसीय क्रिकेट खेल्दैछ । विश्व लिग २ को खेल सिरिज अघि नेपालले आज क्यानडासँग खेल्न लागेको हो । नेपालले केही दिनमै स्कटल्याण्ड र नामिबियासँग लिग २ खेल्नेछ । आगामी जुलाई ११ देखि यो सिरिज हुनेछ ।
लिग २ एक दिवसीय क्रिकेटको छनोट प्रतियोगिता पनि हो । ३६ खेल खेल्दा शीर्ष तीनमा पर्न सके नेपालले सोझै विश्वकप खेल्न पाउनेछ । पुछारका दुई टोलीमा रहे नेपालको एकदिवसीय मान्यता जोखिममा पर्नेछ ।
१६ खेलमा सात जितसहित नेपालको १५ अंक भएको छ । ३६ खेलबाट ओमान ४४ अंकसहित पहिलो स्थानमा हुँदा नेपाल पाँचौ स्थानमा छ । यो सिरिजका चारवटा खेलबाट ८ अंक ल्याउन सके नेपालललाई धेरै फाइदा हुनेछ ।
नेपालले खेल्न लागेको स्कटल्याण्डले २० खेलबाट २८ अंक बटुलेको छ । नामिबिया भने १४ खेलबाट १४ अंक जोड्दा छैटौं स्थानमा छ ।
केही समय अघि भएको अमेरिका र ओमानसँगको सिरिजका चार खेलमा नेपालले तीन अंकमात्रै जोडेको थियो ।
नेपालले क्यानडाका स्थानीय क्लब ओन्टारियोविरुद्धका दुवै खेल अभ्यास खेल जितेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया