इंग्ल्याण्डविरुद्ध भारतको सहज जित
काठमाडौं । पहिलो टी–ट्वान्टीमा भारतले इंग्ल्याण्डलाई परास्त गरेको छ ।
गएराति साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।
भारतले १ सय ९९ रनको लक्ष्य दिएकोमा इंग्ल्यान्ड १९ ओभर ३ बलमा १ सय ४८ रन जोडेर अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि मोइन अलीले ३६, ह्यारी ब्रोकले २८, क्रिस जोर्डनले २६ र डाविड मालनले २१ रनको योगदान दिए ।
यसक्रममा भारतका हार्दिक पाण्डयले ४ तथा अर्शदीप सिंह र युजभेन्द्र चाहलले समान १÷१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको भारत २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन जोड्न सफल भएको थियो ।
भारतका लागि हार्दिक पाण्डेयले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । । सूर्यकुमार यादवले ३९, दीपक होडाले ३३, रोहित शर्माले २४ रनको योगदान दिए ।
इंग्ल्यान्डका मोइन अली र क्रिस जोर्डनले २–२ विकेट लिए ।
योसँगै भारतले तीन खेलको सिरिज जितेर १–० को अग्रता कायम गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया