नामिबियासँग शर्मनाक पराजय बेहोरेको नेपाल स्कटल्याण्डसँग भिड्दै
काठमाडौं । महत्वप्पूर्ण खेलमा नामिबियासँग शर्मनाक पराजय बेहोरेको नेपाल विश्वकप लिग २ मा आज स्कटल्याण्डसँग खेल्दैछ ।
गएराति नामिबियासँग ६३ रनको शर्मनाक पराजय बेहोरेपछि त्रिदेशीय लिगको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो । खेल आज दिउसाे पाैने चार बजे सुरू हुनेछ ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले सहजै पराजित गरेको थियो । तर सिरिजमा नामिबियासँग दुवै खेलमा हारेपछि नेपाल ५ औं स्थानबाट छैठौंमा धकेलिएको छ ।
बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नामिबियालाई १९९ रनमा रोकेर २०० रनको लक्ष्य पाएको थियो । तर ब्याटरहरू चल्न नसक्दा नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर जम्मा १३६ रनमात्रै बनाउन सक्यो ।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ३८, आशिफ शेखले ३४ र आदिलले २० र रोहित पौडेलले १७ रनको योगदान दिए । अरु खेलाडीले उल्लेख्य रन बनाउन नसक्दा सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन ।
स्कटल्याण्डलाई भने पहिलो खेलमा नेपालले ५ विकेटले सहजै पराजित गरेको थियो । नेपालले स्कटल्याण्डलाई हराएको यो पहिलोपटक हो ।
१४४ रनमा स्कटल्याण्डलाई अलआउट गर्दा नेपालले २५.१ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै महत्वपूर्ण जित दर्ता गराएको थियो ।
स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो । तर नामिबियासँग दुवै खेलमा नेपाल पराजित हुन पुग्यो ।
आज हुने खेलमा स्कटल्याण्डलाई फेरि पराजित गर्न सके सिरिजमा तीनवटै टिमले दुईदुई खेल जित्नेछन् । नेपालले खेल जिते तीनवटै टिमले एउटै टिमविरुद्ध दुवै खेलको जित निकाल्ने संयाेग बन्नेछ ।
पराजयले नेपालकाे अवस्था थप कठिन बन्दै जानेछ । सातमध्ये शीर्ष ५ मा पनि पर्न नसके नेपालको एकदिवसीय मान्यता धरापमा पर्न सक्छ । शीर्ष तीनमा पर्न सके नेपाल एकदिवसीय क्रिकेटको छनोटमा अघि बढ्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया