राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्यविभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए ।
उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ ।
देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो । नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने छ ।
पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया