सरकार र डा. केसीबीच सहमति

काठमाडौं । सरकार र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ ।
सहमति पत्रमा हस्ताक्षरपछि शनिबार साँझ नै डा. केसीले अनसन तोड्ने उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए ।
अहिले सहमतिको प्रस्ताव तयार भइरहेको बताइएको छ ।
डा. केसी २७ भदौदेखि धनगढीमा अनसनरत छन् । उनको स्वास्थ्यमा जटिल भए पनि उनले अपचारका लागि काठमाडौं आउन मानेका छैनन् ।
प्रतिक्रिया