प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।
उनीहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्, “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल ग¥यौँ ।”
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)मा अघि बढ्न नेपालले गरेको निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँगै रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नेपाली नागरिकको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया