प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।
उनीहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्, “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल ग¥यौँ ।”
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)मा अघि बढ्न नेपालले गरेको निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँगै रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नेपाली नागरिकको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया