अध्यक्ष थापाद्वारा ६ उपाध्यक्षसहित १६ पदाधिकारी मनोनित, १ जना मात्र महिला
काठमाडौं । राप्रपा नेपालले १६ जना केन्द्रीय पदाधिकारी मनोनयन गरेको छ । जसमा ६ जना उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्री छन् ।
अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम केन्द्रीय पदाधिकारी मनोनयन गरेको प्रवक्ता सुरेश आचार्यले आज विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
१६ जना पदाधिकारीमध्ये एकमात्र महिला छन् । जसमा झापाकी ममता राई सहायक महामन्त्रीमा मनोनित भएकी हुन् ।
यस्तो छ नामावली :
१. उपाध्यक्ष– राजीव पराजुली (पर्सा)
२. उपाध्यक्ष– उद्धव पौडेल (काठमाडौं)
३. उपाध्यक्ष– जयकुमार खड्का (काठमाडौं)
४. उपाध्यक्ष– राजेन्द्रवीर राय (बाँके)
५. उपाध्यक्ष– डा. विष्णु भण्डारी (तनहुँ)
६. उपाध्यक्ष– लाक्पा तामाङ (धनकुटा)
७. महामन्त्री– भाष्कर भद्रा (ललितपुर)
८. महामन्त्री– सुशील श्रेष्ठ (महोत्तरी)
९. महामन्त्री– इन्द्र चित्रकार (काठमाडौं)
१०. महामन्त्री– राजाराम बर्ताैला (मकवानपुर)
११. सहायक महामन्त्री– हरिकृष्ण श्रेष्ठ (सुनसरी)
१२. सहायक महामन्त्री– धरम गुरुङ (पर्वत)
१३. सहायक महामन्त्री– अम्बिकाप्रसाद ढकाल (भोजपुर)
१४. सहायक महामन्त्री– शिवकुमार बाँस्तोला (कास्की)
१५. सहायक महामन्त्री– ममता राई (झापा)
१६. सहायक महामन्त्री– शशिरञ्जन यादव (महोत्तरी) ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया