एमसिसी कहिल्यै कार्यान्वयन हुँदैन : सुरेन्द्र केसी
काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले अमेरिकी परियोजना एमसिसी महाकालीजस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमसिसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्विकृति नदिए के हुन्छ ? भन्दै प्रश्न गरे ।
‘एमसीसीलाई लिएर हामी यहाँसम्म लड्यौं । मैले त सुरुमै यो एमसिसी भन्ने वस्तु नेपालमा नभएर छोड्ने छैन भनेको थिएँ । एमसिसी यो माओवादी केन्द्रले ल्याएको हो । यसमा संलग्न नभएको कोही छैनन् भनेर अस्ति गगन थापाले संसद्मा सबैको नाम नै लिएर भने’, उनले भने, ‘तर एमसिसीबारे जनतामा धु्रवीकरण बनाउने काम भयो । व्याख्यात्मक घोषणा गरेर फेरि नेपालीलाई झगडा गराउने काम भयो । भारतले स्विकृति दिने कुरा पनि बाँकी छ । भारतलाई झ्वाँक चल्यो भने स्विकृति दिँदैन । नरेन्द्र मोदीले इपिजीको प्रतिवेदन नै बुझेन आफ्नै देशका प्रतिनिधिसमेत बसेर तयार पारेको रिपोर्ट नै मोदीले बुझ्दिन भने । भोलि एमसिसीको विषयमा भारतले मान्दिनँ भन्यो के हुन्छ ?’
केसीले आज हामी एमसिसीबाट अगाडि बढिसकेको भनिएपछि यो कहिल्यै कार्यान्वयनमा नजाने ठोकुवा गरे ।
‘हिजो यहाँ अनमिन आएको थियो, धेरैले त्यतिवेला अब अनमिन फिर्ता जाँदैन भनेका थिए, तर कसो–कसो गरेर यहाँका नेताले पठाए, अब एमसिसी भनेको त्यही अनमिनलाई रिप्लेस गर्न आएको हो भन्नेपनि छ, यो फिर्ता जाँदैन । पाँच वर्षभित्र एमसिसी कार्यान्वयन हुनुपर्छ । योभन्दा उता एक दिन पनि जानुहुँदैन् भनेर जनता सचेत हुनुपर्छ । होइन भने यी नेताले देशमा २५ वर्ष एमसिसी रहने प्रपञ्च गराउँछन् ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया