घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । शुक्रबार डलरको भाउमा थोरै गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ (खरिददर) १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
बिहीबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बिहीबार डलरको भाउ (खरिददर) १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा कायम भएको थियो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ पनि घटेको छ । आज अस्ट्रेलियन डलर खरिददर ८३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८३ रूपैयाँ ७० पैसा कायम भएको छ ।
बिहीबार अस्ट्रेलियन डलर खरिदर ८३ रूपैयाँ ३५ पैसा कायम र बिक्रीदर ८३ रुपैयाँ ७३ पैसा रहेको थियो ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८७ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ २८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ८२ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया