यी हुन् फागुन २१ बाट पदावधि सुरू गर्न लागेका राष्ट्रियसभाको सांसदहरू

काठमाडौं । राष्ट्रियसभाका रिक्त २० सांसदको पद तथा गोपनिताको शपथ शनिबार हुने भएको छ । ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट चारवर्षे कार्यकाल टुंगो लागेका यी सांसदको पद आजबाट सकिदै छ ।
नव निर्वाचित सांसदहरूले भोलि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएपछि आइतबारबाट कार्यकाल सुरू हुने संसद सचिवालयले जनाएको छ । रिक्त २० मध्ये सातै प्रदेशबाट १९ सांसद माघ १२ भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन् । मनोनित एक सांसद मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने छिन् ।
भोलिबाट एमालेका ८, कांग्रेसका ३, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४ र मनोनित एक सांसदको पदावधि सकिदै छ ।
यी हुन् सातै प्रदेशबाट निर्वाचित सांसदहरू :
प्रदेश १
जयन्ती राई– नेकपा एकीकृत समाजवादी
सोेनामगेल्जेन शेर्पा– नेकपा एमाले
गोपाल बस्नेत–नेपाली कांग्रेस
मधेस प्रदेश
उर्मिला अर्याल– नेकपा माओवादी केन्द्र
मोहम्मद खालिद– जनता समाजवादी पार्टी
बागमती प्रदेश
गोमादेवी तिमिल्सिना– नेकपा एकीकृत समाजवादी
कृष्णप्रसाद पौडेल– नेपाली कांग्रेस
गण्डकी प्रदेश
कमला पन्त– नेपाली कांग्रेस
भुवनबहादुर सुनार– नेकपा माओवादी केन्द्र
सुरेश आलेमगर– नेकपा माओवादी केन्द्र
लुम्बिनी प्रदेश
राजेन्द्र लक्ष्मी गैरे– नेकपा एकीकृत समाजवादी
तुलप्रसाद विश्वकर्मा– राष्ट्रिय जनमोर्चा
युवराज शर्मा– नेपाली कांग्रेस
कर्णाली प्रदेश
दुर्गा गुरुङ– नेपाली कांग्रेस
नरबहादुर विष्ट– नेकपा माओवादी केन्द्र
उदयबहादुर बोहरा– नेकपा एकीकृत समाजवादी
सुदूरपश्चिम प्रदेश
मदनकुमारी शाह– नेकपा एकीकृत समाजवादी
जगतबहादुर पार्की– नेकपा माओवादी केन्द्र
नारायणदत्त मिश्र– नेपाली कांग्रेस
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया