बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित हुँदै बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
जित्नैपर्ने खेलमा बार्सिलोना फेरि बायर्नसँग पराजित हुन पुगेको हो ।
बार्सिलोनालाई सहजै पराजित गर्न बायर्नका लागि सादियो मानेले १०, इरिक म्याक्सिमले ३१ र बेन्जामिन पावर्डले ९५ औं मिनेटमा गोल गरे । पराजयसँगै बार्सिलोना युरोपा लिगमा झरेको छ ।
पछिल्ला केही वर्षयता बार्सिलोना बायर्नसँग फराकिलो अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगमा स्तब्ध हुँदै आएको छ ।
यसैबीच लिभरकुसेनसँग २–२ गोलको बराबरीपछि अर्को स्पेनिस टोली एट्लेटिको म्याड्रिय पनि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । खेल सकिएपछि भिआरको सहयोगमा पाएको पेनाल्टी मिस गरेपछि एटेलेटिको समूह चरणबाटै बाहिरिएको हो ।
प्रतिक्रिया