बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बायर्न म्युनिखसँग ३–० गोलले पराजित हुँदै बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
जित्नैपर्ने खेलमा बार्सिलोना फेरि बायर्नसँग पराजित हुन पुगेको हो ।
बार्सिलोनालाई सहजै पराजित गर्न बायर्नका लागि सादियो मानेले १०, इरिक म्याक्सिमले ३१ र बेन्जामिन पावर्डले ९५ औं मिनेटमा गोल गरे । पराजयसँगै बार्सिलोना युरोपा लिगमा झरेको छ ।
पछिल्ला केही वर्षयता बार्सिलोना बायर्नसँग फराकिलो अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगमा स्तब्ध हुँदै आएको छ ।
यसैबीच लिभरकुसेनसँग २–२ गोलको बराबरीपछि अर्को स्पेनिस टोली एट्लेटिको म्याड्रिय पनि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । खेल सकिएपछि भिआरको सहयोगमा पाएको पेनाल्टी मिस गरेपछि एटेलेटिको समूह चरणबाटै बाहिरिएको हो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया