सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै
काठमाडौं । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ । सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।
जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन् ।
साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह–सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया