बारामा नेतृत्व चयनका लागि भएको कांग्रेसको मतदान रद्द
काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्लाको नेतृत्व चयनका लागि भएको मतदान रद्द गरिएको छ । मतदानमा अनियमितता भएको भन्दै शनिबार भएको मतदान रद्द गरिएको हो ।
नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले मतदानमा अनियमितता देखिएकाले त्यसलाई रद्द गरिएको जनाएको छ ।
‘मतदानमा देखिएको व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भई मतदान कार्य अघि बढाउन कठिन र असहज भएकाले आजको यसै सूचनासाथ अर्को सूचना नआउञ्जेलसम्मका लागि सम्पूर्ण प्रक्रिया रद्द गरिएको सूचित गर्दछु,’निर्वाचन अधिकृत राजकुमार उप्रेतीद्वारा जारी सूचनामा भनिएको छ ।
पुनः मतदान हुने बताइए पनि मिति भने तोकिएको छैन । त्यसका लागि बैठक बोलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया