माओवादी केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बिहान बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शुक्रबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे केन्द्रीय कमिटी सदस्यहरूलाई जानकारी दिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।
दिउँसो २ बजे बस्ने भनिएको बैठक आन्तारिक तयारी नपुगेको कारण देखाउँदै भोलिसम्मको लागि स्थागित भएको केन्द्रीय सदस्य वीरमान चौधरीेले जानकारी दिए ।
यसअघिआजको बैठकमा अध्यक्ष प्रचण्डले एमसिसी सम्बन्धमा पेश गरेको रिर्पोटमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेपछि अन्य विषयमा छलफल केन्द्रीत रहने रोक्काले बताएकी थिइन् ।
बैठकमा नेताहरूको केन्द्रीय सदस्य थप तथा मनोनित, संगठानिक कार्यविभाजन, पदाधिकारी चयन, स्थायी कमिटी, ब्योलिटब्यूरो गठन, विभाग गठन, स्थानीय तहको चुनाव सम्बन्धि रणनीति र विविध एजेण्डाबारे छलफल हुने कार्यसूची रहेको छ ।
पुसमा भएको महाधिवेशनपछि पुस १९ मा पहिलो बैठक बसेपछि त्यसयता पटक–पटक बैठक स्थगित हुँदै आएको थियो । १५, फागुनमा एमसिसी सम्झौता संसदबाट पारित भएपछि माओवादीभित्रको विवाद चर्किएको छ । यही विवादका कारण बैठकको पूर्वनिर्धारित एजेण्डा प्रभावित हुँदै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया