ओलीको वितण्डा अन्त्य गर्न संसद् भंग गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वनेता केपी ओलीलाई साइजमा ल्याउन प्रतिनिधिसभा विघटन आवश्यक रहेको अभिव्यक्ति दिएका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले नेकपा ओलीको वितण्डा सामना गर्न पनि संसद् भंग गर्नुपर्ने बताएका हुन् ।
‘संविधान विपरित संसदमा एमालेले संसद चल्न दिएका छैनन् । त्यसबापत भत्ता खाइरहेका छन् । हामीलाई दुःख दिइराखेका छन्, नेपालले भने, ‘संसदमा ओलीको वितण्डता अन्त्य नहुने भए साइजमा ल्याउन पनि संसद विघटन गर्नु आवश्यक छ । त्यसपछि न त वितण्डता समाप्त हुनेछ ।’
एक वर्षअघि संविधान विपरित ओली सरकारले संसद् विघटन गरेको आरोप लगाउँदै आफ्नै नेतृत्वको सरकारविरुद्ध सडक संघर्षमा उत्रिएका थिए । तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए । ओली विरुद्ध सर्वोच्चमा पुगेका प्रचण्ड–अदालतकै सहयोगमाा माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भदौ २ मा एमालेबाट विद्रोह गरेका नेपालले अध्यादेशमार्फत भदौ ९ मा उनको पार्टीले मान्यता पाएको थियो । एकीकृत समाजवादीलाई अवैधानिक पार्टीको संज्ञा दिँदै एमालेले भदौ २३ देखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया