युरोपियन युराेको भाउ १३५ रूपैयाँ ३३ पैसा, अमेरिकी डलरमा गिरावट
काठमाडौं । अमेरिकी डलरको भाउभन्दा युरोपियन युरो महंगो हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युराे एकको खरिददर १३४ रूपैयाँ ७० पैसा र बिक्रीदर १३५ रूपैयाँ ३३ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन युरो एकको खरिददर १३३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३५ पैसा तोकिएको थियो ।
बुधबार अमेरिकी डलर एकको भाउमा सामान्य गिरावट देखिएको छ । अमेरिकी डलर एकको (खरिददर) १२९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३० रूपैयाँ ६ पैसा तोकिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३० रूपैयाँ ३३ पैसा कायम भएको थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रूपैयाँ कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ १९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९४ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९५ रुपैयाँ १२ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ३० पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया