माओवादी केन्दमा ५० मात्रै केन्द्रीय सदस्य थपिए, ४७ जनाको नाम भएन अनुमोदन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ५० जनामात्र केन्द्रीय सदस्य थपेको छ । महाधिवेशनमा केन्द्रीय प्रतिनिधि रहेका ३७ जनासहित ९ जना मधेसी र ४ जना दलितसहित ५० जना केन्द्रीय सदस्य थपिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम प्रस्ताव गरेका थिए ।
तर, सबै नाममा सहमति जुट्न नसक्दा प्रस्तावितमध्ये ५० जनालाई मात्रै अनुमोदन गर्दै बैठक सकिएको एक नेताले बताए ।
हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने बताइएको छ ।
यस्तो छ केन्द्रीय प्रतिनिधिका रूपमा थपिएकाको नामावली :

प्रचण्डले आफ्नै कान्छी छोरी र ज्वाइँलाई गरे केन्द्रीय सदस्यको प्रस्ताव
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया