माओवादी केन्द्रले चुनावी कमाण्ड बनाउने, तोकिए प्रदेश इन्चार्ज पनि
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि चुनावी कमाण्ड तोकेको छ । आज सकिएको केन्द्रीय कमिटीको बैठकले चुनावी कमाण्ड तोक्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए ।
ती कमाण्डले तल्लो तहसम्म गएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीले विश्वास लिएको छ । त्यसका लागि प्रदेश इन्चार्जसमेत तोकिएको छ ।
जसमा प्रदेश १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशको गणेश साह, बागमतीको हितमान शाक्य तोकिएका छन् ।
यस्तै गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।
त्यसैगरी सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेलले इन्चार्जको भूमिका पाएको बताइएको छ ।
माओवादी केन्दमा ५० मात्रै केन्द्रीय सदस्य थपिए, ४७ जनाको नाम भएन अनुमोदन
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया