दक्षिण कोरियामा ७१ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ जनामा कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छन् ।
कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार तीन सय २७ ले बढेको बताइएको छ । तर यो एक हप्ताअघिको तथ्याङ्क ७२ हजार आठ सय ६० भन्दाकम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ ।
नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ । थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार चार सय ५४ पुगेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया