अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने संकेत
काठमाडौं- अमेरिकाको जारी मध्यावधि निर्वाचनको मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले संसद्मा आफ्नो बहुमत गुमाउने सम्भावना बढेको छ।
हाल संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ। निर्वाचन परिणामबारे सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै ट्रम्पले आफू चुनावी मैदानमा नरहेको उल्लेख गरेका छन्।
उनले भने, ‘म चुनावी मैदानमा छैन। मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थियौँ।’ ट्रम्पले आफू उम्मेदवार भएको भए पार्टीको अवस्था यस्तो नहुने दाबी गर्दै हारको दोष रिपब्लिकन उम्मेदवारहरूमाथि लगाउने प्रयास गरेका छन्।
यसअघि नै धेरै रिपब्लिकन नेताहरू मध्यावधि चुनावमा ट्रम्पको अडानप्रति असन्तुष्ट थिए। प्रतिनिधि सभा र सिनेटमा नियन्त्रण गुमाउने सम्भावनाका बीच ट्रम्पको पछिल्लो अभिव्यक्तिले रिपब्लिकन पार्टीभित्रको आन्तरिक विभाजनलाई थप गहिरो बनाउन सक्ने आकलन गरिएको छ।
ताजा अपडेट
-
कृषि पढेका युवाको रोजाइमा पुष्पखेती
-
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने संकेत
-
एनपीएल खेल्न दक्षिण अफ्रिकी ब्याटर डेविड मिलर काठमाडौंमा
-
भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका लागि काठमाडौंमा
-
पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने


प्रतिक्रिया