इटालीमा कोभिड संक्रमितकाे अस्पताल भर्ना दर बढ्यो
रोम । इटालीमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो ।
बुधबार यहाँ सार्वजनिक भएको एक प्रतिवेदनमा पछिल्लो समयमा यहाँ कोभिडका सङ्क्रमितहरु बढेका र यससँगै यहाँ कोभिडबाट सङ्क्रमित भएकाहरु अस्पताल हुने दर पनि बढेको देखिएको छ ।
यहाँको अस्पतालहरुको संस्था तथा यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले यस्तो सङ्ख्या बढेको देखाएका हुन् । ती निकायकाअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यस हप्ता १९ प्रतिशतले अस्पताल भर्ना दर बढेको देखिएको हो ।
यहाँका मानिसहरु अस्पतालको पनि आइसियुमा भर्ना हुने गरेका छन् । यो सङ्ख्या पनि अघिल्लो हप्ताका तुलनामा नौ प्रतिशतले बढेको देखिएको बताइएको छ ।
यहाँका अस्पतालहरुमा यसरी बृद्धि भएका सङ्क्रमितहरुमध्ये खोप नलगाएका मानिस धेरै रहेका छन् । कोभिडको खोप लगाएका व्यक्तिका तुलनामा नलगाएका मानिस धेरै अस्पताल भर्ना भएका पाइएको र यो सङ्ख्या ३० प्रतिशत रहेको छ ।
यहाँ कोभिडको खोप लगाएका नागरिकभन्दा खोप नलगाएका नागरिक अस्पताल भर्ना हुने दर ३० प्रतिशत रहेको देखिएको ती स्वास्थ्य संस्था तथा अधिकारीहरुले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया