चुनावी रणनीतिमा एकीकृत समाजवादी, केन्द्रीय कमिटी बैठक आजै सकिने
काठमाडौं । बुधबारदेखि जारी एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुँदैछ । अध्यक्ष माधव कुमार नेपालले बैठकमा पेश गरेको आठ बुँदे राजनीति प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बैठक समापन हुने उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिए ।
स्थानीय तहको चुनावी तयारी र एमसिसीको विषयमा पार्टीभित्र देखिएको विवादबारे प्रष्ट पार्न अध्यक्ष नेपालले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएका थिए । बुधबारको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै नेपालले पार्टीको अस्थित्व नै समाप्त पार्ने षड्यन्त्र भएकोले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्नुपरेको जिकिर गरेका थिए ।
गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी ओली सक्रिय रहेकाले आगामी चुनावसम्म गठबन्धन कायमै रहने सहमति भएको नेपालले केन्द्रीय ससदस्यलाई जानकारी गराएका थिए । बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै सम्मानित नेता खनालले चीनलाई घेराबन्दी गर्न अमेरिकाले एमसिसीलाई अगाडि सारेको टिप्पणी गरेका थिए ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि सूझाव दिन एकीकृत समाजवादीले सात भूगोल र २ गैरभूगोल गरी ९ समूहमा विभाजन गरेको छ । सबै समूहबाट आएको सूझावलाई अध्यक्ष नेपालले जवाफ दिएपछि संशोधनसहित प्रतिवेदन पास गर्ने तुलाधरले बताए । बैठकले एक महिने चुनावी अभियान सञ्चालन गर्ने, कार्यक्रम बनाउने र सम्पूर्ण शक्तिलाई चुनावमा केन्द्रीत गर्ने योजना तय गर्ने उनले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया