बालेनपछि राजेश हमालले पनि देखाए काठमाडौंको मेयर हुने इच्छा (भिडियोसहित)
काठमाडौं । केही समअघि नै र्यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा लड्ने पक्का गर्दै विभिन्न योजना अघि सारेका थिए ।
यसमा नायक राजेश हमाल पनि थपिएका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यस्तो इच्छा व्यक्त गरेका छन् ।
उनले बुधबार आफ्नै नामको युट्युब च्यानलमा हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । १ मिनेट ४३ सेकेण्डको भिडियोमा उनले काठमाडौं महानगरको मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।
ट्रेलरमा हमालले नेताहरूले काठमाडौं व्यवस्थित गर्न नसकेको बताएका छन् । यसर्थ आफूले मेयर हुने इच्छा जाहेर गरेको उनको भनाइ छ ।
ट्रेलरको सुरुवातीमा हमाल कारको सिटमा देखिएका छन् । जहाँ उनी सिटमा रहेका अर्का व्यक्तिसँग कुरा गरिहेका छन् । उनीहरू काठमाडौं उपत्यका घुमिरहेको अनुमान लगाउन सकिन्छ ।
‘शहरलाई ब्युटिफाइ गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन् । प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर हो, एकपटक काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?’, उनले कुराकानीका क्रममा भनेका छन् ।
ट्रेलरमा नायक हमालले विभिन्न फिटनेससँग सम्बन्धित आफ्ना क्रियाकलापसमेत देखाएका छन् ।
आगामी वर्षको बैशाख ३० गते स्थानीय निर्वाचन हुँदैछ । यसप्रति सेलेब्रिटीहरूले पनि चासो देखाउँदै नेतृत्वमा आउन खोज्नुलाई अधिकांशले सकारात्मक रूपमा लिएका छन् ।
हेरौं भिडियो :
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया