नौ समूहकाे सुझावसहित अध्यक्षको प्रतिवेदन पारित, सम्पूर्ण शक्ति चुनाव केन्द्रीत गर्ने निर्णय
काठमाडौं । बुधबारदेखि जारी एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भएको छ ।
अध्यक्ष नेपालले बैठकमा पेश गरेको आठ बुँदे राजनीति प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
स्थानीय तहको चुनावी तयारीमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । एमालेसँग विद्रोह गरी विशेष परिस्थितिमा पार्टी गठन भएकाले चुनावी परिणाम आफ्नो पक्षमा आउनेगरी तयारी गर्न नेपालले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।
बुधबारको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै नेपालले पार्टीको अस्थित्व नै समाप्त पार्ने षड्यन्त्र भएकोले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्नुपरेको जिकिर गरेका थिए ।
गठबन्धन टुटाउन एमाले अध्यक्ष केपी ओली सक्रिय रहेकाले आगामी चुनावसम्म गठबन्धन कायमै रहने सहमति भएको नेपालले केन्द्रीय ससदस्यलाई जानकारी गराएका थिए । बैठकले मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशीकासमेत पारित गरको छ ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि सुझाव दिन एकीकृत समाजवादीले सात भूगोल र २ गैरभूगोल गरी ९ समूहमा विभाजन गरेको थियो । सबै समूहबाट आएको सुझावलाई समेटेर १४ बुँदे प्रस्ताव पारित गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया