देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने विचित्रको अवस्था आयो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिविरुद्ध लड्न नेपाली राजनीतिमा विचित्रको अवस्था आएको बताएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने अवस्था आएकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था नेपाली राजनीतिमा आएको बताए ।
‘म र माधव नेपाल शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ उनले भने, ‘हामी संख्या पु¥याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुप¥यो ।’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया