देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने विचित्रको अवस्था आयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिविरुद्ध लड्न नेपाली राजनीतिमा विचित्रको अवस्था आएको बताएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने अवस्था आएकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था नेपाली राजनीतिमा आएको बताए ।
‘म र माधव नेपाल शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ उनले भने, ‘हामी संख्या पु¥याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुप¥यो ।’
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया